गहना लुट्न पोखरामा ७५ वर्षिया हजुरआमाको हत्या, बुद्धचोकबाट नाती पक्राउ
पाेखरा | पुस ५, २०८२
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।
हत्या आरोपी आशिषलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकबाट पक्राउ गरिएको डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार परियारको साथबाट लुटिएका गरगहनासमेत बरामद गरिएको छ ।
आशिषको साथबाट सुनजस्तो देखिने पहेंलो रङको कानमा लगाउने २ थान रिङ, ७२ लालको साना मुन्द्राहरु ४ थान र घटनामा प्रयोग भएको बञ्चरो १ थान र १ थान चक्कु बरामद गरिएको छ ।
हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरीले जनाएकाे छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

